+

रियल मड्रिड लिलसँग स्तब्ध, एट्लेटिको वेनफिकासँग पराजित

२०८१ असोज  १७ गते ९:३४ २०८१ असोज १७ गते ९:३४
रियल मड्रिड लिलसँग स्तब्ध, एट्लेटिको वेनफिकासँग पराजित

१७ असोज, काठमाडौं । स्पानिस महारथी क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ ।

बुधबार राति भएको लिग चरणको खेलमा लिलले रियललाई १-० ले पराजित गरेको हो ।

लिलका लागि जोनाथन डेविडले पहिलो हाफको इन्जुरी टाइम पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए र त्यही गोल जितका लागि निर्णायक बन्यो ।

यस सिजन लिगमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो । यस्तै २०२३ मे पछि च्याम्पियन्स लिगमा रियलको यो पहिलो हार हो ।

लिल पहिलो खेलमा स्पोर्टिङ सिएफसँग पराजित भएको थियो । रियलले पहिलो खेलमा भिएफबी स्टुटगार्डलाई पराजित गरेको थियो । २ खेलबाट दुवै टोलीले समान ३ अंक छ । गोल अन्तरका आधारमा रियल १७औं र लिल १८औं स्थानमा छ ।

यसपटक फरक शैलीमा भइरहेको च्याम्पियन्स लिगमा ३६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तै अर्को स्पानिस टोली एट्लेटिको मड्रिड पोर्चुगिज क्लब वेनफिकासँग ४-० को फराकिलो अन्तरले पराजित भएको छ ।

वेनफिकाका लागि केरेम अक्टुरकोग्लु, एन्जल डि मारिया, अलेजान्डर बाह र ओर्कुन कोक्चुले १-१ गोल गरे ।

वेनफिकाको यो लगातार दोस्रो जित हो । २ खेलबाट ६ अंकसहित वेनफिका तेस्रो स्थानमा छ । पहिलो हार व्यहोरेको एट्लेटिको ३ अंकसहित २३औं स्थानमा छ ।

रियल मड्रिड लिल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय