+
+

सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले भने–बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ९:३८

१७ असोज, काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् ।

उपरजिस्ट्रार घिमिरेले नै गोपालकृष्णविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए । तर, उनले गएराति फेसबुक स्टाटस लेखेर उक्त प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् ।

‘बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कसैको ‘प्यादा’ बन्न नचाहेको भन्दै उनले अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिने उल्लेख गरेका छन् । आज दशैंको घटस्थापना भएकाले सार्वजनिक बिदा छ ।

घिमिरेले त्यसअघि अर्को स्टाटस लेख्दै ‘३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहन्छु’ भनेका छन् । यो स्टाटस लेखेको ४ घण्टापछि उनले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दामा तयार पारेको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा लेनदेन भएको अभिव्यक्ति दिएपछि बार एशोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने प्रतिवेदन गोविन्दले पेस गरेका थिए ।

बारले भने प्रधानन्यायाधीश श्रेष्ठका अनियमित र गैरसंवैधानिक गतिविधिको आलोचना गरेबापत अध्यक्ष घिमिरेमाथि अवहेलनाको मुद्दा चलाएको बताउँदै आएको छ ।
बारअध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दाको पेसी आगामी कात्तिक १ गतेका लागि तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?