+
+

ग्वाटेमाला सिमानामा नेपालीसहित चढेकाे ट्रकमा ६ आप्रवासी मारिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १४:०८
अमेरिकाबाट निष्कासित व्यक्तिहरूलाई मेक्सिकन अधिकारीहरूले पनि मार्च २०, २०२१ मा निष्कासन गरेपछि पार्कमा गजेबोमा आराम गर्दै  । तस्वीर : फाइल ।

१७ असोज, काठमाडौं । ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकले चलाएको गाेली लागेर ६ जना आप्रवासी मारिएका छन् ।

ग्वाटेमाला सिमाना हुँदै अमेरिका गइरहेका नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेको ट्रकबाट मारिएका ती आप्रवासी को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन ।  अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ ।

मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने ।

आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् ।

ती आप्रवासीमाथि छानबिन चलिरहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अखबार हिन्दुस्तान टाइम्सले समाचार छापेको हो । निहत्थामाथि गोली चलाएको पाइएमा सैनिकमाथि समेत कारबाही हुने बताइएको छ ।

आप्रवासी अधिकारका पैरवीकर्ताले भने सन् २०२१ मा पनि यस्तै अनधिकृत हमलाबाट निहत्था मान्छे मरेको भन्दै सेनाबाट फेरि पनि भयानक गल्ती भएको हुन सक्ने आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?