+
+

तीन भ्रातृ संस्थाको अधिवेशन गराउन कांग्रेसले गठन गर्‍यो निर्देशक समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १२:२९

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रमुख तीन भ्रातृ संस्थाको अधिवेशनका लागि पार्टीबाट समन्वय गर्ने गरी निर्देशक समिति बनाएको छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघको अधिवेशनका लागि समन्वय र सहयोग पुर्‍याउन निर्देशक समिति गठन गरिएको कार्यवाहक मूख्य सचिव डा.प्रदीप पराजुलीले जानकारी गराए ।

निर्देशक समितिको संयोजकमा तीन महामन्त्री तोकिएका छ भने २/२ जना केन्द्रीय सदस्य समिति सदस्य बनेका छन्।

नेविसंघको तदर्थ समितिलाई महाधिवेशन गराउने गठित निर्देशक समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री किशोरसिंह राठोरलाई दिइएको छ । उक्त समितिमा केन्द्रीय सदस्यद्धय राजिव ढुङ्गाना र प्रतिमा गौतम सदस्य छन् ।

तरुण दलका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ संयोजक रहेको निर्देशक समिति सदस्यमा दुई केन्द्रीय सदस्य सरिता प्रसाई र जीतजंग बस्नेत सदस्य छन् ।

महिला संघको लागि निर्देशक समितिमा संयोजक सहमहामन्त्री उमाकान्त चौधरी छन् भने सदस्यहरुमा केन्द्रीय सदस्य पुष्पा भुसाल र रुक्मिणी कोइराला छन् ।

तदर्थ समितिका रुपमा रहेका कांग्रेसका भ्रातृ संस्थाहरुको अधिवेशन यही वर्षको चैत मसान्तसम्म सक्ने पार्टीले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?