+
+

बुसानको रेड कार्पेटमा नेपाली कलाकार र निर्माता पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १२:४५
बुसान फेस्टिभल उद्घाटन समारोहमा रामबाबु गुरुङ (बायाँ), आशा मगराती र निकिता चाण्डक ।

काठमाडौं । २९ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल दक्षिण कोरियामा सुरु भएको छ । बुधबार बेलुका फेस्टिभलमा छनोट भएका ७० फिल्मका निर्माता, निर्देशक, कलाकार र निर्माताले रेडकार्पेट नापे ।

बुसानको ‘एसियन विन्डो’ छानिएको नेपाली फिल्म ‘पूजा, सर’का निर्माता र कलाकार पनि रेडकार्पेटमा देखिए । बुसानबाट प्राप्त भिडियो र तस्वीरमा निर्माता रामबाबु गुरुङ, कलाकार दयाहाङ राई, आशा मगराती, निकिता चाण्डक, पशुपति राईलाई देख्न सकिन्छ ।

‘गाउँ आएको बाटो’पछि दयाहाङ र पशुपतिको यो लगातार दोस्रो पटकको बुसान सहभागिता हो । यस वर्षको मानार्थ एसियाली फिल्ममेकरको अवार्ड प्रसिद्ध जापानी फिल्ममेकर कियोशी कुरोसावालाई प्रदान गरियो । उनले ‘वाइफ अफ ए स्पाइ’बाट सन् २०२० मा भेनिसमा उत्कृष्ट निर्देशकको लागि सिल्वर लायन जितेका थिए ।

कुरोसावाका पछिल्लो दुई फिल्म क्लाउड र सर्पेन्ट्स पाथ महोत्सवमा प्रदर्शन हुनेछन् ।

ओपनिङ समारोहमा नेटफ्ल्क्सिको बहुचर्चित कोरियन सिरिज ‘स्क्विड गेम’का स्टार लि जुङ जे लगायत चर्चित सेलेव्रिटी उपस्थित रहे । यसवर्षको संस्करणको थिम राखिएको छ- भिजन अफ एसिया, ओसन अफ सिनेमा ।’

यसवर्षको फेस्टिभलमा सहभागि हुन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी पनि शुक्रबार त्यसतर्फ जाँदैछन् । त्यहाँ उनले नेपालको छायांकन गन्तव्य प्रवर्धन गर्ने कार्यक्रम तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?