+
+

नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’ को बिक्री सुरु, मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १२:५२

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’  भेरियन्टको बिक्री वितरण सुरु गरेको छ ।

कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।

कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिए सँगै हुन्डाई नेपाल : मेड फर योर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको जनाएको छ ।

सीमित अवधिका लागि हुन्डाई ‘भेन्यू ई’  को प्रारम्भिक मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

हाल सञ्चालनमा रहेको दशैं-तिहार लक्षित योजनामा थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ  l

कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?