+
+

स्नातक दोस्रो वर्ष पास भएपछि रचना रिमाल : ‘संगीतसँगै पढाइलाई पनि अघि लैजान खोज्दैछु’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १३:३८

काठमाडौं । गायिका रचना रिमाल अहिलेकी सर्वाधिक व्यस्तमध्येकी गायिका हुन् । एक महिना लामो अमेरिकाको सांगीतिक भ्रमण सकेर उनी केही दिनअघि काठमाडौं फर्किएकी छिन् ।

संगीत कर्मसँगै उनले अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन् । व्यवसाय र कर्मलाई सन्तुलन मिलाएर अघि बढाउनुपर्छ भन्ने उदाहरण उनी बनेकी छन् । धेरैका लागि उनको यो साधना प्रेरणादायी हुनसक्छ । किनभने स्वअध्ययन गरेरै उनी स्नातक दोस्रो वर्ष उत्तीर्ण भएकी छन् ।

बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो । नियमित कलेज जान नभ्याउँदा पनि आफूले स्वअध्ययनलाई समय दिने गरेको उनको भनाइ छ ।

आफू स्नातक दोस्रो वर्ष उत्तीर्ण भएपछि यसबारे जानकारी दिंदै रचना सामाजिक सञ्जालमा लेख्छिन्, ‘सांगीतिक कर्मसँगै पढाइलाई पनि सँगै लिएर जानुपर्छ भनेर अगाडि बढिरहेकी छु । नियमित कलेज जान नभ्याउँदा पनि स्वअध्ययनमा समय दिने गरेकी छु । फलस्वरुप हिजो प्रकाशित बीए दोस्रो वर्षको नतिजामा उत्तीर्ण भएकी छु । सबैको माया र आशीर्वाद पाइरहन सकुँ ।’

उनी अहिले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?