+
+

काठमाडौं जोड्ने दुई राजमार्गमा नसोचेको क्षति भयो : भौतिक मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १५:१९

१७ असोज, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन् । बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको उनले बताएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्राकृतिक विपत्तिसँग जुध्न नसकिने भन्दै यससँग सम्झौता गरेरै जानु पर्ने तर्क गरे ।

अहिले वैकल्पिक सडकहरुबाट यातायात सूचारु गरिएको र त्यहाँ चल्ने सवारी साधनले केही बढी भाडा लिएको भए पनि आँखा चिम्लनु परेको उनले बताए । तर, धेरै नै भाडा लिएको गुनासो आए अनुगमन गरी कारवाही गरिने उनको भनाइ छ ।

काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने उनको भनाई छ । यो सडकमा अहिलेसम्म नभएको ठूलो दुर्घटना भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?