+

दशरथ रंगशालामा एकै दिन रग्बीका ३० खेल हुने

२०८१ असोज  १७ गते १५:३४ २०८१ असोज १७ गते १५:३४
दशरथ रंगशालामा एकै दिन रग्बीका ३० खेल हुने

१६ असोज,काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । एसिया रग्बीले आयोजना गर्न लागेको प्रतियोगिता दशरथ रंगशालामा शनिबारसम्म हुनेछ ।

२ दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक दिन ३० वटा खेल आयोजना हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा नेपालसहित १६ वटा यसियाली देश सहभागी हुँदैछन् । जसमा पुरुप रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा ७ वटा टिमले सहभागिता जनाउने छन् ।

एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तराष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा नेपाल रग्बी संघको विश्वास छ । यस प्रतियोगितामा करीव २ करोड १० लाख लागत लाग्ने अनुमान गरिएको संघले जानकारी दिएको छ ।

एसिया रग्बी रग्बी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय