+
+

बाढी प्रभावित काभ्रेको रोशीमा आनी छोइङले बाँडिन् राहत सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १७:१९

काठमाडौं । गायिका आनी छोइङ डोल्मा फाउण्डेसनले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण गरेको छ ।

रोशी गाउँपालिका-२ स्थित नारायणटारका १८६ परिवार र वडा नम्बर ५, महादेवस्थानका डेढ सय परिवारलाई राहत सामग्री वितरण गरिएको हो । राहत वितरणमा फाउण्डेसनले मानवसेवा आश्रमसँग सहकार्य गरेको छ ।

३० लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, कम्बल, मोबाइल चार्जरसहितको सोलार बत्ती सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । फाउण्डेसनकी अध्यक्ष आनीले विपदमा सघाउनु हरेक नागरिकको कर्तव्य रहेको बताइन् ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोबाट घरबारविहीन बनेका पीडितलाई राहत वितरण गरेकोमा फाउण्डेसनप्रति आभार व्यक्त गरे । प्रभावित क्षेत्रमा शीघ्र बत्ती, खानेपानी, सडकजस्ता पूर्वाधार पुर्‍याउन लागिपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?