+
+

कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १७:३६

१७ असोज,बुटवल । मिर्गौला रोगीहरुको उपचारलाई लक्षित गरी कपिलवस्तुमा पाँच करोड लागतमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा बाणगंगा नगरपालिका–१ मा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

डायलाइसिस सेन्टरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीवार उद्घाटन गरे । मृगौला रोगका बिरामीहरु यस अघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

दश वटा डायलाइसिस मेसिनबाट दैनिक ६० जना बिरामीलाई सेवा पुर्‍याउन सक्ने क्षमता रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । एक जना बिरामीले हप्ताको दुई दिन देखि तीन सम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले यसअघि दाङको लमही, पाल्पा र वालिङ्गमा डायलाइसिस सेन्टर सञ्चालन गरिसकेको छ । चार वटा शाखा र बुटवलमा अस्पतालगरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका अध्यक्ष आलमले बताए ।

सेन्टरको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरु संग सहकार्य गर्ने बताए । निरोगी बन्न नागरिकले जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी रहेको मुख्यमन्त्री आचार्यले सुझाए ।

लुम्बिनी प्रदेश भित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदाय संग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे ।

प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर, पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा महत्वपूर्ण योग्दान पुर्‍याएको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?