
एलएफटी अर्थात् कलेजोको कार्य परीक्षण
कलेजो कार्य परीक्षण (एलएफटी) कस्तो छ भनेर हेर्नको लागि रगतबाट नमुना लिइन्छ। जसमा प्रोटिन, एल्बुमिन, ग्लोबुलिन बिलिरुबिन, एएसटी (एसजीओटी) र एएलटी (एसजीपिटी), अल्कालाइन फोस्फेटेजको परीक्षण गरिन्छ ।

अल्बुमिन परीक्षण
यो परीक्षणले शरीरमा अल्बुमिनको स्तर मापन गरेर कलेजोको कार्यप्रणाली निर्धारण गर्न मद्दत गर्छ । अल्बुमिनको कम स्तर देखाएमा कलेजोले राम्रोसँग काम गरिरहेको छैन भन्ने संकेत गर्छ ।
Advertisement

बिलिरुबिन परीक्षण
यो परीक्षणमा बिलिरुबिनको उच्च स्तरको देखिएमा कलेजोले राम्रोसँग काम गरिरहेको छैन भन्ने बुझिन्छ ।