+
+

त्रिपुरेश्वरको बाढी प्रभावित क्षेत्रबाट अनेरास्ववियुले उठायो फोहोर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १८:४१

१७ असोज, काठमाडौं । १२ असोजको बाढीले क्षतिग्रस्त काठमाडौं त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा नेकपा एमालेको विद्यार्थी अनेरास्ववियुले बिहीबार सरसफाइ गरेको छ ।

बाढीले महानगरको वडा नं ११ त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्तीमा क्षति पुर्‍याएको थियो । बाढीले पुरिएका संरचनाहरुका कारण बस्तीका बासिन्दा समस्यामा परेपछि आफूहरुले डोजर लगाएर सफा गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज धर्मराज तिमल्सिनाले जानकारी दिए ।

बस्तीको फोहोर उठाएर महानगरको टेकुस्थित संकलन केन्द्रमा पुर्‍याइएको उनले बताए ।

बस्तीका बासिन्दाले फोहोरका कारण रोग फैलिन सक्ने भन्दै चाँडै सरसफाइ गर्न माग गरेका थिए । तर काठमाडौं महानगरपालिकाले तत्काल सफाइ गर्न नसकिने भनेपछि आफूहरुले सहयोग गरेको तिमल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?