+

खुर्कोटमा तत्काल बेलिब्रिज जडान गर्न प्रदेश सांसद श्रेष्ठको माग

२०८१ असोज  १७ गते १९:४५ २०८१ असोज १७ गते १९:४५
खुर्कोटमा तत्काल बेलिब्रिज जडान गर्न प्रदेश सांसद श्रेष्ठको माग

१७ असोज, हेटौंडा । बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्र सिन्धुलीको खुर्कोटमा तत्काल बेलिब्रिज निर्माण गर्न बागमती प्रदेश सरकारसँग माग गरेका छन् ।

बिहीबार उनले मुख्यमन्त्री बहादुरसिं लामा, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई भेटेर सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीले बगाएको पुलको ठाउँमा तत्काल बेलिब्रिज जडान गर्न ध्यानाकर्षण गराएका हुन् ।

सिन्धुलीबाट निर्वाचित प्रदेश सभा सदस्य श्रेष्ठले ११ बुँदामा विपद् प्रभावित क्षेत्रमा प्रदेश सरकारले खेल्नुपर्ने भूमिकाको बारेमा ध्यानाकर्षण गराएका छन् ।

उनले जोखिममा परेका रोगी, अशक्त, वृद्धवृद्धा, गर्भवती, अपांगता भएकाहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्न पनि माग गरेका छन् ।

पहिरोको जोखिम रहेका सडकहरु बन्द गरी वैकल्पिक मार्ग खुलाउन, जोखिमयुक्त मार्गहरु प्रयोग गर्नैपरे उच्च सावधानी र सतर्कताका साथ गर्न दिन पनि उनले आग्रह गरेका छन् ।

खुर्कोट गंगा श्रेष्ठ पहिरो बाढी

धेरै कमेन्ट गरिएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय