+

बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक

२०८१ असोज  १७ गते १९:४८ २०८१ असोज १७ गते १९:४८
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक

१७ असोज, काठमाडौं । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा ४ स्वर्ण जितेको छ । नेपालले थप ५ रजत र १ कांस्य पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेको प्रशिक्षक महर्जनले जानकारी गराए । पुरुष ४८ केजीमुनि विराज सुनार तथा ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण जिते ।

त्यस्तै पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभाङ्गीराज्यलक्ष्मी गौतमले रजत जिते । रुफस केसीले पुरुष थाइची छ्वानमा कांस्य हात पारिन् ।

सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले २ स्वर्ण, ४ रजत र ८ कांस्य जितेको छ । महिला ६८ केजीमुनि ऋशिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋशिका र युनिशा निरौलाले पहिलो स्थान हात पारे ।

पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पंकज विक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत जिते ।

पुरुष ४८ केजीमुनि दिपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम् पोखरेल र पंकज विक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कांस्य पाए ।

उसु बंगलादेश

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय