+
+

मोरङमा क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते २०:२५

१७ असोज, विराटनगर । मोरङमा क्रसरले बनाएको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको हो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

कृष्ण क्रसर केराबारी गाउँपालिका पूर्वपालिका अध्यक्ष रोहित कार्कीसहितको समूहले सञ्चालन गर्छ । क्रसर उद्योगको परिसरबाट केहीदिनअघि ढुंगागिटी निकाल्दा खाल्डो बनेको थियो । सो खाल्डो नपुर्दा दुई बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो । उनका दाजु भूपेन बेपत्ता थिए, प्रहरीले खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो ।

सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । पछि खोजी गर्ने क्रममा फेला परेको दाजुको शव भने स्थानीयले निकाल्न दिएका छैनन् । क्रसरको लापरवाहीले दुई बालकको मृत्यु भएको भन्दै उनीहरुले छानबिन गर्न माग गरेका छन् ।

मोरङका प्रहरी उपरीक्षक कार्कीका अनुसार पौडी खेल्ने क्रममा बालकको मृत्यु भएको अनुमान गरिएको छ । ‘उनीहरु कतिबेला खाल्डोमा पसे भन्ने खुलेको छैन, तर पौडी खेल्न गएजस्तो देखिन्छ’, उनले भने,‘ थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार बालकका बुबा सोही क्रसरमा मजदुरी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?