+
+

नवरात्रमा पनि सुनसान पाथीभरा

रासस रासस
२०८१ असोज १८ गते ९:२९

१८ असोज, ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

बडादशैंको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए ।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् ।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादशैं र चैतेदशैंमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?