+
+

‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको आवरण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १२:०४

काठमाडौं । स्वरसम्राट नारायणगोपालको ८५ औं जन्मोत्सव असोज १८ को अवसरमा उनका डायरी, संस्मरण र चिठीहरुको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल : डायरी, संस्मरण र प्रेमपत्र’को आवरण सार्वजनिक गरिएको छ ।

बुकहिल पब्लिकेसनले आगामी मङ्सिर १९ गते नारायणगोपाल स्मृति दिवसको दिन उक्त पुस्तक सार्वजनिक गर्ने जनाएको छ ।

नारायणगोपाल सङ्गीत कोषका कार्यवाहक अध्यक्ष दीपक केसीले केही समयअघि नारायणगोपालकै निवासमा १४ वटा डायरी र चिठीहरू प्राप्त गरेपछि कोषले तिनलाई पुस्तकको रूपमा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

‘नारायणगोपालका जीवनका रोचक र अति मार्मिक पाटाहरूलाई यो पुस्तकले पाठकसामु ल्याउनेछ र उहाँबारे व्याप्त भ्रमलाई चिर्नेछ’ प्रकाशक बुकहिलले भनेको छ, ‘यो ऐतिहासिक दस्तावेजसहितको पुस्तक भएकाले नेपाली सङ्गीतको विकासक्रम अध्ययनका निम्ति पनि फलदायी हुनेछ ।’

करिब ५०० पृष्ठ रहने पुस्तकमा नारायणगोपाल र उनीसँग सम्बन्धित अप्रकाशित तस्वीरहरू समेत रहनेछन् । पुस्तक पेपर ब्याक र हार्ड ब्याक छुट्टाछुट्टै कलेवरमा प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?