+
+

दर्शक फकाउन ६ सहरमा ‘एक्टर’को ‘प्रचारात्मक टुर’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १३:४४

काठमाडौं । तिहारको लक्ष्मीपूजामा रिलिज हुन लागेको फिल्म ‘एक्टर’ले मोफसलका दर्शक फकाउन देश दौडाहा गर्ने भएको छ । यसका लागि उसले टेलिभिजन रियालिटी शो ‘कमेडी दरबार’सँग सहकार्य गर्ने भएको छ ।

‘प्रचारात्मक टुर’ नाम दिइएको यो अभियान काठमाडौं उपत्यका बाहिरका प्रमुख ६ सहरमा आयोजन हुनेछ । पूर्वको इटहरीबाट सुरु भएको नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र गण्डकी पोखरामा संचालन हुने जनाइएको छ ।

कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुने प्रेषित विवरणमा उल्लेख छ । कार्तिक १ गते सुनसरीको इटहरीबाट सुरु भई, २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते दाङको तुलसीपुर र ७ गते कास्कीको पोखरामा सम्पन्न हुनेछ ।

निर्माता थमन भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभालार्ई पनि स्थान दिइने बताए । लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुने जनाइएको छ ।

कलाकार प्रदीप खड्का, आन्ना शर्मा, दिव्या रायमाझीसहित ‘कमेडी दरबार’का हास्य कलाकारले पनि प्रस्तुति दिने भएका छन् । सुन्दर खनाल, पवन खतिवडा, हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी, सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवालले पनि प्रस्तुति दिने तय भएको छ ।

यो फिल्ममा राजवल्लभ कोइराला, दिव्यदेव पन्त, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । निर्देशन राजन भुसालले गरेका छन् भने पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

‘अदृत फिल्म्स’ र ‘मोती फिल्म्स’को संयुक्त प्रस्तुतिमा फिल्म बनेको हो । निर्माता थमन कुमार भण्डारी र सहनिर्माता अनिश भुसाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?