+
+

प्रबल गुरुङको आत्मकथा ‘वाक लाइक अ गर्ल’ प्रकाशन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १४:२९

काठमाडौं । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको आत्मकथा ‘वाक लाइक अ गर्ल’ प्रकाशन हुने भएको छ । आगामी मे महिनामा सार्वजनिक हुने पुस्तकको आवरण सार्वजनिक गरिएको छ ।

यो आत्मकथामा काठमाडौंदेखि न्यूयोर्कसम्म गुरुङको यात्रा र न्यूयोर्कमा फेसन पहिचान बनाउन उनले गरेको संघर्षलाई समावेश गरिएको भ्यानिटी फेयरले जनाएको छ । प्रबलको डिजाइनमा अहिलेसम्म कमला ह्यारिस, मिसेल ओबामा, ओफ्रा विन्फ्रे र केट मिटलटनसहितका चर्चित हस्ती सजिइसकेका छन् ।

पुस्तकबारे भ्यानिटी फेयरलाई अन्तर्वार्ता दिँदै उनले पुस्तकमा रनवेमा आफूले गरेको संघर्ष र अमेरिकी सपनाबारे पनि समेटिएको बताएका छन् । यो पुस्तकलाई उनले सेलेव्रिटीको आत्मकथा भन्दा पनि आफ्नो व्यक्तिको रुपमा आफ्नो निजी आत्मकथा रहेको उल्लेख गरे ।

उनले उक्त अन्तर्वार्तामा वर्तमान अमेरिकी उपराष्ट्रपति तथा आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार कमला ह्यारिसको लागि डिजाइन गर्न पाएकोमा गर्व महसुस गरेको उनले बताएका छन् ।

प्रबलले सार्वजनिकरुपमै उपराष्ट्रपति ह्यारिसलाई आगामी चुनावका लागि समर्थन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?