+
+

कर्णालीका ६० प्रतिशत आयोजनाको ठेक्का लागिसके : मुख्यमन्त्री कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १७:३९

१८ असोज, सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नेतृत्वको सरकारले ६० प्रतिशत विकास आयोजना ठेक्का लागिसकेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले साढे ५ महिना अवधिमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा मन्त्रालय अन्तर्गतका कुल ३५१ आयोजनामध्ये झन्डै ६० प्रतिशत ठेक्का लागिसकेको बताएका हुन् ।

बाँकी आयोजना पनि ठेक्का प्रक्रियाको अन्तिम चरणमा पुगेको उनको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयका ३१० मध्ये २१५ आयोजनाको ठेक्का लगाएको छ ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकार अन्तर्गतका सबै निकायहरूले वार्षिक कार्य योजना अनुसार काम गरिरहेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म कुल बजेट खर्च ४.४४ प्रतिशत रहेको छ । जसमा पूँजीगत तर्फ १.७१ प्रतिशत खर्च भएको छ । यसले बजेट कार्यान्वयनमा प्रदेश सरकारको सकारात्मक सङ्केत गरेको मुख्यमन्त्री कँडेलको जिकिर छ ।

मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षमा प्रदेश सभाबाट ४ वटा विधेयक पारिक भएको बताए । प्रदेश सभामा लामो समयदेखी छलफलमा रहेको स्थानीय तहको सेवा सम्बन्धी विधेयक, कर्णाली प्रदेश लोकमार्ग विधेयक तथा कर्णाली प्रदेश यातायात विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी सभामा पेस गरिएको उल्लेख प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?