
१८ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले राष्ट्रिय ध्वजाबाहक नेवानिसँग जति धेरै जहाज भयो, त्यति नै धेरै डलर भित्र्याउन सकिने बताएका छन् ।
नेपाल वायुसेवा निगम गुल्मी समाजले आयोजना गरेको चाडबाड विशेष शुभकामना आदानप्रदान कार्यक्रममा कर्मचारीले यस्तो बताएका छन् । नेपाल वायुसेवा निगममा कार्यरत गुल्मेली कर्मचारीको मञ्च ‘नेवानि गुल्मी समाज’ हो ।
कार्यक्रममा निगमका क्वालिटी एस्सुरेन्स विभागका निर्देशक पोषण ज्ञवालीले निगमसँग जहाज थोरै रहे पनि सुपथ मूल्यमा उडान गरिएको बताए ।
सेवामा गुणस्तर होस् भन्नेमा कहिले पनि सम्झौता नहुने उनको दाबी छ । निगमका उपनिर्देशक नारायण पौडेलले सीमित जहाजबाट पनि निगमले अर्बौं रकम भित्र्याउन सफल भएको भन्दै धेरै जहाज हुने हो भने धेरै डलर भित्राउन सकिने ।
निगमको आम्दानी रेमिट्यान्सको विकल्प बन्ने उनको भनाइ छ ।
निगमका अर्थ विभागका उपनिर्देशक सरोज पन्थीले निगममा युवा कर्मचारीको बाहुल्य रहेको भन्दै यसबाट संस्थाले फाइदा लिनु पर्ने बताए । मञ्चमा करिब ७० जना गुल्मेली कर्मचारी रहेको बताइएको छ ।
प्रतिक्रिया 4