+
+

एकै दिनमा जेईको जे-सिक्स र ओमोडा ई-फाइभ १०० युनिट डेलिभरी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १८:१५

काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेईको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले एकैदिनमा ‘जेईको जे-सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिट डेलिभरी गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीका अनुसार पूर्णरूपमा विद्युतीय जेईको जे-सिक्स, नेपालमै पहिलो अफ-रोड इलेक्ट्रिक एसयूभी हो ।

गत अगस्टमा आयोजित नाडा अटो शोमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेईको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ-रोड डिजाइनका कारण छोटो समयमा नै नेपाली ग्राहकको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

अफ-रोड ड्राइभिङमा रुचि राख्नेहरूले गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेईको जे-सिक्सको शक्तिशाली अफ-रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाएका थिए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

त्यति मात्र होइन, ओमाडा ई-फाइभ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ । नाडा अटो शोमा ओमोडा ई-फाइभ डीएलएक्स ओमाडा ई-फाइभ लक्सको कम संस्करण हो ।

जेईको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ-रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ-रोड पारखीहरूका लागि उचित रोजाइ बनेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?