+
+

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १८:३८

१८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

शुक्रबार  राष्ट्रिय सभा अध्यक्ष दाहाल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहाल अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन यही असोज २५ गते स्वीटजरल्याण्ड जाँदैछन् ।

स्वीटजरल्याण्डको जेनेभामा अन्तरव्यवस्थापिका संघको सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै दाहाल त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

यही भ्रमणबारे जानकारी गराउन दाहाल राष्ट्रपति कार्यालय पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?