+
+

स्वयम्भू कलेज र बिग इन्डस्ट्रिजबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते २०:०३

१८ असोज, काठमाडौं । प्राइम सीएसँग आबद्ध स्वयम्भू इन्टरनेसनल कलेज र बिजनेस ग्रुप अफ इन्डस्ट्रिज लिमिटेड (बिग इन्डस्ट्रीज लिमिटेड) बीच सम्झौता भएको छ ।

बिग इन्डस्ट्रिजका व्यावसायिक गतिविधि सञ्चालन हुने ठाउँमा विद्यार्थीलाई प्रशिक्षार्थीको रूपमा पठाउन दुई कम्पनीबीच सम्झौता भएको स्वयम्भू कलेजले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीबीएम, बीसीए, बीबीएस तथा एमबीएस कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको प्राइम सीए स्वयम्भू इन्टरनेसनल कलेज आवद्ध छ ।

सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग जोड्ने क्रममा विभिन्न औद्योगिक, व्यापारिक, बैंकिङ, वित्तीय, बीमा र सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्थाहरूसँग इन्टर्नका लागि सम्झौता गर्दै आएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?