+
+

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते ७:३२

१९ असोज, काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको ।

१८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । उनका अनुसार १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?