+

नेपाल क्यानडा दोस्रो रोजाईको टोलीसँग पनि पराजित

२०८१ असोज  १९ गते ८:१५ २०८१ असोज १९ गते ८:१५
नेपाल क्यानडा दोस्रो रोजाईको टोलीसँग पनि पराजित

१९ असोज, काठमाडौं – नेपाल अभ्यास खेलमा क्यानडा दोस्रो रोजजाईको टोली हाइप्रोफेमेन्स (एचपी) सँग ३ विकेटले पराजित भएको छ ।

१४४ रनको लक्ष्य एचपीले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युवराज शर्माले ५६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अलि नदिम १४, शुभम शर्मा २९, अजयविर सिंह ९, ओलिभर कक्स १६ र गर्नेक जोहालले १७ रन बनाए ।

नेपालका अनिल साहले १० ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी, रिजन ढकाल र ललित नारायण राजवंशीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोेजेको नेपाल ३९.४ ओभरमा १४३ रनमा अल आउट भयो । नेपालका अनिल कुमार साहले ४९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । अर्जुन साउदले ७२ बलमा ४ चौकासहित ३३ रन जोडे ।

देव खनाल डक, भीम सार्की ६, आरिफ शेख २३, कुशल भुर्तेल २५, गुल्सन झा डक , कुशल मल्ल ७ रनमा आउट भए । एचपीका शाहिद अहमादजाईले ७.४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ५ विकेट लिए ।

नेपाल आईसीसी विश्वकप लिग २ अमेरिका खेल्न जानुअघि तयारीको स्वरुप क्यानडा दोस्रो रोजाइको टोलीसँग अभ्यास खेल खेलेको हो । अर्को खेल मंगलबार खेल्नेछ ।

अभ्यास खेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय