+
+

‘चुरेको दोहनले बाढीको जोखिम बढ्यो’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते ९:११

१९ असोज, जनकपुरधाम । जनकपुरमा नेपाल-भारत खुला सीमा संवाद समूहद्वारा आयोजित ‘बाढ विपद् आर और पार’ विषयक अन्तरक्रियामा वक्ताहरुले प्रकृति विनाशकै कारण विपद् जोखिम बढेको बताएका छन् ।

कार्यक्रममा समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले चुरे दोहनका कारण पहाडमा पानी नरोकिएर अत्यधिक चापले नेपाल र भारत दुवैतर्फ क्षति पुर्‍याइरहेको बताए ।

नेपाल सरकारले वर्षायामभन्दा पूर्व नै भारतसँग समन्वय गरी बाढी नियन्त्रणका लागि संयुक्त प्रयास गर्नु पर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले नेपालको हरेक विपद्मा भारत सरकार पहिलो सहयोगीको भूमिकामा रहेको बताए । तर, नेपाल सरकारका केही व्यक्तिहरूले भारतलाई गाली गरेर ठूलो नेता बन्ने होड चलेको उनको टिप्पणी छ ।

भारतीय कम्युनिस्ट पार्टी (माले) का नेता भूषण सिंहले जयनगरतर्फको नदीमा बालुवा उत्खनन्को उचित स्तर नहुँदा जलस्तर बढेको बताए ।

बाढी विज्ञ रत्नेश्वर लाल कर्णले नेपालका सातमध्ये छ प्रदेश बाढीबाट प्रभावित रहेको र बाढीको समाधानका उपाय खोज्नुपर्नेमा जोड दिए ।

भारतीय पत्रकार ललित झाले समस्या हाम्रो भएकोले समाधान पनि हामीले नै खोज्नुपर्ने बताए । उनले पश्चिमी विकास मोडेलमा पहाड काटेर सडक निर्माण र चुरे दोहनलाई बाढीको मुख्य कारण ठहर गरे ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले प्राकृतिक स्रोतसाधनको दोहनले यस्ता विपत्तिहरू निम्त्याएको बताए ।

बारम्बार सरकार परिवर्तन हुँदा प्रभावकारी व्यवस्थापन नहुँदा विपदमा ठूलो जनधनको क्षति हुने गरेको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठको तर्क छ ।

पत्रकार श्यामसुन्दर शशीले खोला नाला र अतिक्रमणको समुचित व्यवस्थापन नहुनु नै बाढी र पहिरोको प्रमुख कारण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?