+
+

लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १०:०६

१९ असोज, काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।

बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा एक पुरुषको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।

यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।

आज दुर्घटना भएको गाडी पनि टोखा-छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।

गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?