+
+

हेटौंडाबाट ८ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १०:३३

१९ असोज, हेटौंडा । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।

सुन तस्करीको विशेष सूचना पाएपछि एसपी खड्काकै कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।

उनीहरूले सुन काठमाडौंको गौशाला पुर्‍याउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका कुटी र बाडले यसअघि ८ असोजमा २ किलो सुन काठमाडौंमा पुर्‍याएको समेत खुलेको छ ।

उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए । हङकङको गिरोहसँग ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलेको उनले बताए ।

मकवानपुर प्रहरीले यसअघि १५ असोजमा पनि ६७ लाख मूल्यको ४९० ग्राम ८८० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई जाँच गर्दा भारत बिहारको फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफ सुनसहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?