+

रग्बीको ‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित

२०८१ असोज  १९ गते १५:२५ २०८१ असोज १९ गते १५:२५
रग्बीको ‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित

१९ असोज, काठमाडौं । नेपाल एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो।

एक समय नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो। तर, नेपालले सेकेन्ड हाफमा बलियो प्रदर्शन गर्न सकेन।

तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्दै अफगानिस्तानलाई लगातार अंक सुम्पियो। नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो। योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो।

यसअघि नेपाल ‘च्यालेन्ज’मा कतारसँग ३३–० ले पराजित भएको थियो।

खेलकुद रग्बी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय