+

कर्णालीलाई ७ लाख पुरस्कार, जेनेपलाई एमभिपी अवार्ड

२०८१ असोज  १९ गते २२:३८ २०८१ असोज १९ गते २२:३८
कर्णालीलाई ७ लाख पुरस्कार, जेनेपलाई एमभिपी अवार्ड

१९ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ को च्याम्पियन टोली कर्णाली यस्विसले नगद ७ लाख पुरस्कार पाएको छ ।

आयोजकले फाइनलअघिसम्म पुरस्कार घोषणा गरेको थिएन । फाइनलपछि पुरस्कार वितरण समारोहमा आयोजकले विजेता कर्णालीलाई ट्रफीसहित ७ लाखको चेक प्रदान गरेको हो । यस्तै उपविजेता ललितपुरले नगद ३ लाख प्राप्त गर्‍यो ।

नेपालको पहिलो महिला भलिबल फ्रेन्चाइज लिग इडब्लुभिएलको फाइनलमा कर्णाली शनिवार ललितपुर क्वीन्सलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

कर्णालीले पहिलो र दोस्रो सेट २५-१७ र २५-२० ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तर ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेट २५-१२, २५-१८ ले आफ्नो पक्षमा पार्दै खेलमा २-२ को बराबरी गरेको थियो । पाँचौ तथा निर्णायक सेट कर्णालीले १५-१३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको लिगमा सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले अपराजित रहँदै लिगको उपाधि जितेको हो ।

६ टोली सहभागि लिगमा कर्णालीले लिग चरणका सबै ५ खेल र फाइनल गरी ६ खेल जितेको थियो ।

कर्णालीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी टर्किस खेलाडी जेनेप ओठुरान मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् । उनी फाइनलसहित तीन खेलमा प्लेअर अफ दि म्याच घोषित भएकी थिइन् ।

एमभीपी बनेकी जेनेपले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।

एभरेष्ट वुमन्स भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय