+
+

अनौठो आदिवासी : अढाइ सय वर्ष पुरानो शवसँग रात बिताउने, अन्तिम संस्कार नगर्ने

एजेन्सी एजेन्सी
२०८१ असोज २० गते ७:३६

के कुनै व्यक्तिले निकै समयअघि मरिसकेको आफ्नो कुनै नातेदारको सरीरका अवशेषसँग रात बिताउन सक्दछ ? यो कुरा सन्दैमा डर लाग्छ, कुनै डरलाग्दो फिल्मको दृश्यजस्तै । तर, विश्वमा यस्ता मानिसहरु पनि छन् जसले आफ्ना परिवारजन तथा नजिकका नातेदारको शवलाई सुरक्षित राख्दछन् र शवसँगै रात बिताउँछन् ।

इण्डोनेसियाको पपुआमा बस्ने दानी आदिवासी समुदायमा यस्तो अनौठो खालको परम्परा छ । उनीहरुले आफ्ना नातेदारका शवलाई ममी बनाएर लामो समयसम्म राख्दछन् र उनीहरुसँगै सुत्न मन पराउँछन्।

पपुआको सुदूर गाउँ वोगीमा सो आदिवासी समुदाय बस्ने गर्दछ । उनीहरुले आफ्ना पूर्वजको शव सुरक्षित राख्नका लागि एउटा छुट्टै झुपडी बनाएर राख्दछन् र आफूपनि बेलाबेलामा त्यहीँ गएर सुत्दछन् ।

उक्त आदिवासी समुदायका मानिसहरुले पूर्वजका शवलाई कालो धैँसो अर्थात् मोसो लेपन गरेर सुरक्षित संरक्षण गर्ने गर्दछन् । त्यसरी सुरक्षित राखिएका शवलाई चराका प्वाँख, सुँगुरका दाँत तथा अरु विभिन्न खालका चिजले सजाएर राखिन्छ । जुन झुपडीमा ती शवलाई राखिन्छ त्यहाँ आगो बाल्ने गरिन्छ, जसलाई होनाई भनिन्छ ।

शवलाई ममी बनाउन अर्थात् सुरक्षित राख्नका लागि पहिले त्यसलाई घाममा सुकाइन्छ । त्यसपछि एउटा गुफामा लगेर लुकाइन्छ । अनि शवलाई तातो धुवाँको सम्पर्कमा राखिन्छ र शवमा ठाउँठाउँमा प्वाल पारेर त्यसभित्रबाट तरल पदार्थ बाहिर निकालिन्छ । उक्त प्रक्रिया पूरा हुनका लागि महिनौंसम्म लाग्दछ ।

दानी आदिवासीहरुको के विश्वास छ भने यसरी पूर्वजनको शवलाई संरक्षित गरेर आफूसँग राख्नाले उनीहरुबाट आशीर्वाद प्राप्त हुन्छ । त्यसबाट समृद्धि तथा सम्पन्नता बढ्दछ । उनीहरुले शवलाई कुनै भ्रुणलाई जस्तै मोडेर झुपडीमा राख्दछन् । त्यसको रक्षाका लागि मानिसहरु उक्त झुपडीमा हरेक दिनरात बस्दछन् ।

समाचार अनुसार पहिले पहिले यो समुदायमा शवहरुलाई यसरी सुरक्षित राख्ने आम परम्परा थियो । तर, ५० वर्षअघि बाट त्यस क्षेत्रमा इसाइ मिसनरीहरुको प्रभावका कारण शवहरुलाई सुरक्षित राख्नुका साटो खाड्नका लागि प्रोत्साहन गर्न थालियो, जसका कारण विस्तारै उक्त प्रथाा संकटमा पर्न थालेको छ । अहिले त्यहाँ केवल ६।७ वटा मात्रै त्यस्ता शव रहेका छन्।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?