+
+

मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते ८:१८

२० असोज, चितवन । चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो ।

घाइते यात्रु बसका हुन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ । दुवै सवारी आफ्नो गन्तब्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?