+

बार्सिलोनालाई पछ्याउँदै रियल मड्रिड

२०८१ असोज  २० गते १०:१४ २०८१ असोज २० गते १०:१४
बार्सिलोनालाई पछ्याउँदै रियल मड्रिड

२० असोज, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले भियारियाललाई २-० ले पराजित गरेको छ ।

लिगमा अपराजित यात्रा कायम राखेको रियलले रियल स्थानको बार्सिलोनासँग अंक बराबरी समेत गरेको छ । यद्यपिले बार्सिलोनाले एक खेल कम खेलेको छ ।

घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा रियलका लागि फेडेरिक भलभर्डेले १४औं  र भिनिसियस जुनियरले ७३औं मिनेटमा गोल गरे ।

जितपछि रियलले ९ खेलबाट शीर्ष स्थानको बार्सिलोना समान २१ अंक जोडेको छ र तर गोलअन्तरमा पछि छ । रियलले ९ खेलमा ६ खेल जित्दा ३ बराबरी खेलेको छ । बार्सिलोनाले ८ खेलमा ७ जित र १ हारको नतिजाबाट २१ अंक जोडेको छ ।

रियलसँग हारपछि पनि ९ खेलबाट १७ अंकसहित भियारियाल तेस्रो स्थानमै यथावत छ ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय