+

चुरोट खानेले गर्नैपर्छ यी ५ परीक्षण

एक्स–रे

चुरोटको धुवाँले सोझै फोक्सोमा असर गर्छ । त्यसैले फोक्सोको अवस्था कस्तो छ ? केही खराबी छ कि छैन भनेर एक्स-रे गराउनुपर्छ ।

खकार जाँच

चुरोटको सर्को लिने मानिसलाई क्षयरोग, क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यसकारण क्षयरोग र क्यान्सरको समस्या छ कि छैन भनेर खकार परिक्षणबाट थाहा पाउन सकिन्छ ।

Advertisement

स्पाइरोमेट्री परीक्षण

चुरोट खाने मान्छेमा छाती घ्यारघ्यार हुने, श्वासप्रश्वासमा समस्या हुने र खोकी लाग्ने, खकार आउने समस्या हुन्छ । यसले दम हो कि होइन भनेर पुष्टि गर्छ ।

सुगर र कोलेस्टेरोल परीक्षण

चुरोटको धुवाँले धमनीमा खराब कोलेस्टेरोल जम्मा भएर रक्तनली साँघुरिने, रगतमा सुगर बढ्ने, उच्च रक्तचाप बढाई हृदयघातको जोखिम रहने हुँदा सुगर र कोलेस्टेरोलको परीक्षण गराउनुपर्छ ।

मुटुको इसीजी 

चुरोट पिउनेले मुटुको इलेक्ट्रोकार्डियोग्राम (इसीजी) जाँच गराउनुपर्छ । परीक्षणले चुरोटकै कारण मुटुमा दवाब वा राम्रोसँग काम गरिरहेको छ कि छैन ? भनेर समयमै पत्ता लाग्छ ।