+
+

‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते ११:५४

काठमाडौं । बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध बनेको छ । अपेक्षा विपरीत फिल्मले अन्तर्राष्ट्रिय बजारमा निराशाजक सुरुवात गर्‍यो ।

१९० मिलियन डलरको लागतमा बनेको फिल्मले शुक्रबार उत्तर अमेरिकामा ४ हजार १०२ बजारबाट २० मिलियन डलर मात्र कमाउन सक्यो । रिलिजअघि फिल्मले ५० देखि ६५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो ।

पहिलो सप्ताहन्त फिल्मले अघिल्लो भागले भन्दा निकै न्यून कमाउने अपेक्षा छ । पहिलो संस्करणले ९६.२ मिलियन मात्र कमाएको थियो । ‘यो समस्या बक्स अफिस बजारको समस्या होइन । यो सिर्जनात्मक विकासको समस्या हो’ फिल्म असफल भएकोतर्फ संकेत गर्दै वार्नर ब्रोज स्टुडियोका एक अधिकारीले भने ।

यो फिल्मले एक बिलियन डलर कमाउन नसक्ने तर हिट चाहिं हुने विश्लेषण भइरहेको छ । पाँच वर्षअघि रिलिज भएको ‘जोकर’को पहिलो भागले एक बिलियन डलर कमाइ गरेको थियो । जोकर धेरै कमाउने इतिहासकै एडल्ट फिल्म समेत हो ।

खराब समीक्षाका कारण टड फिलिप्स निर्देशकीय फिल्मले अन्तर्राष्ट्रिय बजारमै खराब ओपनिङको सामना गर्नु परिरहेको छ । नेपाली बक्स अफिसमा समेत पहिलो सप्ताहन्त लेडी गागा र ज्याक्विन फिनिक्स स्टारर फिल्मले खराब कमाइ गरेको छ । अकुपेन्सी पनि निकै न्यून देखिन्छ ।

भारतमा समेत फिल्मको कमाइ कमजोर छ । डेडलाइन हलिउडका अनुसार ‘जोकर २’ ले तीन दिनमा ४७ मिलियन डलर कमाउने अपेक्षा छ । अन्तर्राष्ट्रिय बक्स अफिसको दोस्रो स्थानमा पछिल्लो साता ‘द वाइल्ड रोबोट’, तेस्रोमा ‘बिटलजुस बिटलजुस’, चौथोमा ‘ट्रान्सफमर्स वन’, पाँचौंमा ‘स्पिक नो एभिल’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?