+

१० लाखमा साहब आलम काठमाडौंमा आवद्ध

२०८१ असोज  २० गते १६:०१ २०८१ असोज २० गते १६:०१
१० लाखमा साहब आलम काठमाडौंमा आवद्ध

२० असोज, काठमाडौं । नेपालका बायाँ हाते स्पिनर साहब आलमलाई अक्सनमा काठमाडौं गुर्खाजले किनेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १० लाख न्यूनतम मूल्य राखेका उनलाई लिन पोखरा र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । दुई टोलीबीचको कडा प्रतिस्पर्धामा उनले लक्की ड्रमार्फत १५ लाख रुपैयाँ पाएका हुन् ।

उनले नेपालबाट ६ टी-२० आई खेल खेलेका छन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

उनले नेपाल ए बाट पछिल्लो पटक आयरल्यान्डविरुद्ध खेलेका थिए । केन्या भ्रमण २०२२ पछि भने उनी नेपालको सिनियर टोलीमा छैनन् ।

नेपाल प्रिमियर लिग साहब आलम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय