+
+

जनकपुरमा बुधबार झिझिया महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १३:२०

२१ असोज, जनकपुरधाम। विजया दशमीको अवसरमा जनकपुरधाममा यसवर्ष पनि लोकनृत्य झिझिया महोत्सव हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा अगामी बुधबार झिझिया हुन लागेको हो ।

नव मिथिला फाउन्डेसनले आज पत्रकार सम्मेलन गरी मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले दोस्रो पटक झिझिया महोत्सव आयोजन गर्न लागेको जनाएको छ ।

फाउन्डेसनका अध्यक्ष अमित कुमारले गाउँगाउँबाट झिझिया टोली सँगै दुइ स्थानीय विद्यालयका छात्राहरुको टोलि झिझिया महोत्सवमा भाग लिने बताए।गतवर्ष झै यसपटक पनि पाँचसय जना टाउकोमा घैँटा राखेर झिझिया नाच्ने उनको भनाइ छ ।

जनकपुरस्थित रेल्वे स्टेसनको प्राङ्गणमा हुने महोत्सवमा धनुषाधाम समूह, अप्पन मिथिला झिझिया समूह जनकपुरधाम वडा नम्बर ४, जनकपुरधाम वडा नम्बर १२, मिथिलेश्वर झिझिया समूह, हिमाली बोर्डिंग स्कुल र जनकपुर एकेडमी स्कुल लगायतको झिझिया समुहले महोत्सवमा भाग लिने फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?