+

एनपीएल अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर

२०८१ असोज  २१ गते १३:२९ २०८१ असोज २१ गते १३:२९
एनपीएल अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर

२१ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर देखिएकोछ । आइतबार सम्पन्न अक्सनमा काठमाण्डु ले टी-२० विशेष र स्टार खेलाडी नपाएपछि कमजोर बनेको हो।

वसन्त शाही मुख्य प्रशिक्षक रहेको काठमाडौं सुरुवातमा केही मौन बसेको थियो। तर, पछि अक्सनमा बोली लगाएपनि लक्की ड्र मा काठाण्डु अभागी बन्यो। उसले अक्सनमा ए ग्रेडका दुई खेलाडी भीम सार्की र साहब आलमलाई लक्की ड्र मार्फत समान १५ लाखमा पाएको थियो । भीम नेपालका ओडीआई ब्याटर हुन् ।

उनले टी-२० आईमा स्थान बनाउन सकेका छैनन् । साहब आलम पछिल्लो समय नेपाली टोलीमा पर्न संघर्ष गरेका छन् । तीव्र गतिका बलिङ अलराउण्डर राशिद खान ए ग्रेडमा पहिलो पटक बिकेका थिएनन् । तर दोस्रो चरणमा आफैंले न्यूनतम १० लाखमा किनेको थियो ।

नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने शंकर रानलाई ९ लाख ५० हजारमा किनेको थियो। दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्कीलाई समान ५ लाखमा किन्यो। विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाललाई २–२ लाखमा किनेको हो।

ब्याटिङमा भीम सार्की, शंकर राना, सुमित महर्जन, प्रतिक श्रेष्ठ र राजु रिजाल छन् । भीम र राजु नेपालबाट खेलेका खेलाडी हुन् । राजु सन् २०१९ देखि नेपालको टोलीमा छै्रनन् । सबै ब्याटर ओडीआई शैलीमा बढी जम्ने खालका छन् । घरेलु कन्डिसन अनुसार लगानी गरेको प्रशिक्षक वसन्त शाही बताउँछन् ।

‘हाम्रो जुन किसिमको घरेलु कन्डिसन छ त्यस अनुसार टी-२० शैलीको खेलाडी ल्याउन नै पर्छ भन्ने पनि छैन । टेक्निकल साउण्ड भएका खेलाडीहरु चाहिन्छ । हामी उनीहरुलाई नै राम्रो बनाउन काम गछौं । तर ओडीआईको ट्याग दिन मिल्दैन’, शाहीले भने ।

भाग्यको कारण स्टार नपाएको उनी बताउँछन् ।बिग नाम (स्टार खेलाडी) पाउन लकफ्याक्टर (भाग्य) हुन्छ । बिग नाममा खेलाडी किन्न सबै फ्रेन्चाइज नै जान्छन् । यस्मा हामी कतै न कतै अभागी रह्यौं, उनले भने । त्यसैमा उनले थपे, ‘अक्सनमा पाएको टोलीबाट म खुसी छु । मैले खोजेको ७५ प्रतिशत खेलाडी पाएको छु।’

करण केसी, राशिद खान र कृष्ण कार्की तीव्र गतिका बलिङ अलराउण्डर हुन्। अष्ट्रेलियामा घरेलु क्रिकेट खेल्ने विवेक केसीलाई पनि टोलीमा राखेको छ । स्पिनरमा साहब आलम र दीपेश कँडेल छन् ।

स्पिन आक्रामण सन्तुलित देखिएपनि तीव्र गतिको बलिङ पनि त्यति मजबुद देखिदैन। सिनियर टोलीमा करणले पछिल्लो समय मध्यम प्रदर्शन गरेका छन् । राशिद खान पुनरागमनको पर्खाईमा र कृष्ण करिअरको अन्तिम समयमा छन् ।

मार्कीमा करण र सिनियर टोलीमा भीम छाड्ने हो भने काठमाण्डुमा बिग स्टार छैनन् । ब्याटिङ र बलिङ दुबैमा अन्य ७ टोलीको तुलनामा कमजोर छ । तर शाही मान्न तयार छैनन्।

‘कुनै पनि टोली कमजोर हुँदैन । कागजको नामले मात्रै बलियो र कमजोर भन्ने हुँदैन । टिम राम्रो र सन्तुलित छ । यो टिमलाई काम अघि बढ्नुपर्छ’, उनले भने । त्यसैमा थपे, अव विदेशी खेलाडीको ठूलो भूमिका हुन्छ । हामी त्यसमा काम गर्छौ।’

काठमाडौं गुर्खाज :

करण केसी (मार्की), साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१० लाख), शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख) ।

एनपीएल अक्सन काठमाण्डु गुर्खाज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय