+
+

सितापाइलामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १३:४५

२१ असोज, काठमाडौं। काठमाडौं महानगरपालिका–१५ सितापाइला सोल्टी दोबाटो चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार छन् ।

सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७० नम्बरको इभी गाडीले बा ४४ प ५९०१ नम्बरकोमोटर साइकललाई आइतबार राति ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियारलाई स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीले इभी गाडीका चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?