+

तातो तेलले पोले तुरुन्तै के गर्ने ?

२०८१ असोज  २२ गते १२:४० २०८१ असोज २२ गते १२:४०
तातो तेलले पोले तुरुन्तै के गर्ने ?

जलन अप्रत्यासित हुने घटना हो ।  खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ । तर  भान्साकोठामा खाना पकाउँदा कहिलेकाहीं तातो तेलको छिटा उछिट्टिएर शरीरको भागमा पर्‍यो भने त्यस ठाउँको छालमा जलन हुने र फोका उठ्ने हुन्छ ।

यस किसिमको पोलाइका कारण जलन हुनुका साथै यो निकै पीडादायक समेत हुन्छ । साथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहने गर्छ ।

आगो वा तातो पानीले कति पोलेको छ ? कसरी पोलेको छ ? त्यो कति जटिल वा सामान्य छ ? यसअनुसार पनि उपचार फरक हुनसक्छ । यदि धेरै जटिल अवस्था छैन भने घरमै केही प्राथमिक उपचार गर्न सकिन्छ ।

तातो तेलले पोले के गर्ने ?

– पोलेको भागमा छाला रातो भएको छ, फोका उठेको छैन भने पोलेको भागमा तुरुन्तै चिसो पानी लगाइदिनुपर्छ । खासगरी धारो वा भाँडोबाट भएपनि धारा बनाएर पोलेको ठाउँमा लगाउनुपर्छ । दुखाइ वा पोल्ने क्रम कम नभएसम्म लगाइरहनुपर्छ ।

– घिउकुमारीको पात काटेर त्यसको तरल भाग निकालेर पोलेको ठाउँमा लगाउन सकिन्छ । एलोभेराको शीतलताले पोलेको ठाउँमा राहत प्रदान गर्छ ।

– पोलेको छालालाई संक्रमणबाट बचाउने । पोलेको ठाउँमा सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने । फोका उठेमा त्यसलाई नफुटाउने ।

– पोलेको ठाउँमा टी ब्यागको प्रयोग पनि गर्न सकिन्छ । ब्ल्याक वा ग्रिन टीको ब्यागमा ट्यानिक एसिड हुन्छ, जसले दुखाइ र जलन दुवै कम गर्छ । टी ब्यागलाई केही समयका लागि फ्रिजरमा राख्ने त्यसपछि बाहिर निकालेर आगो लागेको ठाउँमा राख्ने यसबाट तुरुन्त राहत मिल्छ ।

– तेलले पोलेको अवस्थामा आलुलाई काटेर प्रभावित ठाउँमा लगाउनाले वा यसको जुस लगाउनाले पनि राहत पाउन सकिन्छ ।

कस्तो अवस्थामा तुरुन्तै अस्पताल जाने ?

धेरै नै पोलेको छ, छाला पूरै नष्ट भएको वा गहिरो घाउ भएको छ भने कति पनि ढिला नगरी नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुर्‍याउनुपर्छ । यसरी अस्पताल पुर्‍याउने क्रममा पनि पोलेको भागमा चिसो पानीले भने भिजाइरहनुपर्छ ।

कहिलेकाहीं आगो वा तातो पानीले पोलेर निकै जटिल अवस्थामा पुर्‍याउन सक्छ । शरीरको धेरै भाग जल्न वा पोल्न सक्छ । छालाको भित्री तहसम्म त्यसको असर हुनसक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

छाला डा. सुयोग मैनाली तातो तेल

धेरै कमेन्ट गरिएका

डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

पुरुषले गर्नुपर्ने यी सात स्वास्थ्य परीक्षण

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

चिरफार नगरी पेटको क्यान्सरको शल्यक्रिया : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

शरीरलाई नभई हुन्न नुन, तर कति ?

शरीरलाई नभई हुन्न नुन, तर कति ?