+
+

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १८:०५

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

परराष्ट्रमन्त्री डा.आरजु राणासहित प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनेगरी भएको अमेरिका भ्रमण फलदायी र प्रभावकारी बनेको ब्रिफिङ गरे ।

राष्ट्रपति पौडेलले पनि भेटका क्रममा कुरा राखेका थिए । राष्ट्रपति पौडेलले सुशासन र रोजगारीबारे जिज्ञासा राखेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

प्रधानमन्त्री ओलीले भने दुई ठूला दल मिलेर बनेको सरकारले सुशासन र विकासमै जोड दिइरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?