+
+

जम्मू कश्मीरको रुझान : नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनको सरकार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १५:१३

२२ असोज, काठमाडौं । जम्मू–कश्मीरको विधानसभा चुनावको नजिता आउन सुरु भएको छ । प्रारम्भिक रुझानले नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनले सरकार बनाउने देखाएको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार नेशनल कन्फ्रेन्सले ३० सिट जितेको छ भने ११ सिटमा अग्रता लिएको छ । कांग्रेसले ५ सिट जितेको छ भने एक सिटमा अगाडि छ । गठबन्धनको अर्को दल कम्युनिस्ट पार्टी अफ इण्डिया एक सिटमा अगाडि छ ।

यदि अग्रता लिएको सबै सिट जितेमा नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनलाई टुप्लुक्क बहुमत पुग्छ ।

यस्तै भारतीय जनता पार्टी (भाजपा) ले २० सिट जितेको छ भने ९ सिटमा अगाडि छ । पीडीपीले ३ सिट जितेको छ भने अर्को २ सिटमा अगाडि छ ।

चुनावको प्रारम्भिक रुझान सार्वजनिक भएपछि पूर्वमुख्यमन्त्री एवं पीडीपीका नेता मेहबुबा मुफ्तीले जम्मू कश्मीरका जनताले स्थिरता रोजेको प्रतिक्रिया दिएकी छन् । ‘हङ एसेम्ब्ली भएको भए यहाँ धेरै तोडफोड हुने थियो’, उनले भनिन्, ‘जसरी मानिसहरुले भोट गरे, यसमा गडबड गर्ने कुनै सम्भावना छैन ।’

जनताले सोचविचार गरेर मत दिएको भन्दै उनले नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनको सरकार बन्ने विश्वास व्यक्त गरिन् । एक साता अगाडि नै आफूले नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनले ५० सिट जित्ने आंकलन गरेको सुनाइन् । ९० सदस्यीय विधानसभामा बहुमतका लागि ४८ सिट चाहिन्छ ।

आफ्नो दलको नतिजाबारे सोधिएको प्रश्नमा उनले उतार चढाव आइरहने बताइन् । भाजपाले आफ्नो पार्टी तोडफोड गरेर पूर्वमन्त्री, विधायकसहित ४० नेतालाई लैजाँदासमेत आफ्नो दलले कडा टक्कर दिएको उनले बताइन् ।

अहिले पनि नेशनल कन्फ्रेन्ससँग आफ्नो दलको प्रतिस्पर्धा रहेको भन्दै पूर्वमुख्यमन्त्री मुफतीले भने, ‘सिट कम आएको छ, तर हामी आउट भएका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?