+
+

पूर्वराजाको दशैं सन्देश : बाह्य दबाब र दुष्प्रभाव नबढोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १८:२१

२३ असोज, काठमाडौं । भुटानको भ्रमणबाट फर्कनेबित्तिकै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक महत्वको दशैं शुभकामना दिएका छन् ।

श्री ५ महाराजधिराजको तर्फबाट भनिएको लिखित शुभकामना सन्देशमा बडादशैंको शुभकामनासँगै उनले राजनीतिक सन्देशहरु पनि प्रवाह गरेका हुन् ।

जनताको जीवनमा परिवर्तन आओस् भनेर आफूले दरबार छाडे पनि स्वदेशमै बसेको तर परिवर्तन नआएको भन्दै शाहले क्षोभ प्रकट गरेका छन् । उनले उल्टै बाह्य दबाब र दुष्प्रभाव बढेको भन्दै आपत्ति जनाएका छन् ।

‘खुसी हुन र रमाउन दशैं नै पर्खनुपर्ने नियतिबाट मुक्त भएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो,’ शाहले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं । तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो वेचैनी बढाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?