
काठमाडौं । चर्चित लोकदोहोरी गायिका विष्णु माझीले दशैंको गीत सार्वजनिक गरेकी छन् । तीजको बहुचर्चित गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक गरेको एक महिनापछि उनको नयाँ गीत बुधबार सार्वजनिक भएको हो ।
दशैं गीत ‘परदेशी मेरो परदेशी’मा शब्द र संगीत सुन्दरमणी अधिकारीको छ । यसमा माझी र अधिकारीको स्वर समावेश छ । गीतको भिडियोमा ललिता पौडेल र सुन्दरमणीको अभिनय छ ।
दशैंतिहारजस्ता पर्वमा घर आउन नपाएको परदेशीको विरहको कथा समेटिएको यो गीत मर्मस्पर्शी लाग्छ । १४ मिनेट लामो भिडियोलाई कथानक शैलीमा कम्पोज गरिएको छ ।
माझीको अघिल्लो गीत ‘आइन आमा यो तीजमा’लाई १ करोड ९१ लाख पटक हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4