+
+

१३ वर्षका सहायक पुजारीले भगवती मन्दिरमा भित्र्याए फूलपाती (तस्वीरहरू )

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ असोज २४ गते २०:४७

२४ असोज, प्‍युठान। प्युठानको झिमरुक गाउँपालिका-४ बाङ्गेस्थित चर्चित तथा ऐतिहासिक भगवती मन्दिरमा दशैंको फूलपाती भित्र्याइएको छ ।

शताब्दी पुरानो ऐतिहासिक भगवती मन्दिरमा १३ वर्षका कान्छा पुजारी अमिर जिसीले आफ्नो काँधमा बोकेर आधा घण्टा बढि हिंडाइपछि फूलपाती भित्र्याएका हुन् ।

यो मन्दिरमा दशैंको फूलपाती पधेरा स्कुलदेखि भगवती मन्दिरको कोटसम्म भित्र्याइन्छ।

यो भगवती मन्दिरमा अहिलेसम्म कम उमेरमा पुजारी बन्‍ने उनी नै पहिलो हुन् ।

१९६० सालमा स्थापना भएको यो भगवती मन्दिरमा अहिलेसम्म ५ जना सहायक पुजारी भइसकेका छन् । तर अमिर भने सबैभन्दा कान्छो पुजारी हुन् ।

यसअघि २०२८ सालमा १४ वर्षको उमेरदेखि  वीरबहादुर जिसी ५४ वर्षदेखि मुख्‍य पुजारीको रुपमा काम गरिरहेका थिए । तर यसवर्ष भने वीरबहादुरलाई जुठो परेपछि उनको सट्टामा मन्दिरको निमित्त मुख्य पुजारीको जिम्मेवारी जगतबहादुर जिसीले पाएका छन् ।

घटस्थापनाको दिनदेखि पूजा सुरू भई द्वादशीका दिन फूलपाती ल्याइएको स्थानमा गएर पूजा समापन गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?