
२६ असोज, काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल सुरू भएको छ ।
विजया दशमीको शुभ साइत बिहान ११ बजेर ३६ मिनेटमै टीका लगाएकाहरूले आफन्त र मान्यजनकहाँ जान सुरु गरेपछि चहलपहल बढेको हो ।
निधारमा रातो टीका लगाएका सर्वसाधारणहरू सडकका देखिएका छन् । उनीहरुको सुविधका लागि काठमाडौं उपत्यकामा हिजो र आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क बस सञ्चालन गरेका छन् । तर सबैलाई यो सुविधा भने पुगेको छैन ।
काठमाडौं उपत्यकामा सार्वजनिक गाडी फाट्टफुट्ट रूपमा मात्रै चलेकाले कतिपय महँगो ट्याक्सी भाडामा लिएर पनि आफन्तकहाँ टीका लगाउन जाने गरेका छन् । कतिपय भाडाको गाडीमा र कतिपय निजी गाडीमा एक ठाउँबाट अर्को ठाउँमा आउनेजाने गरिरहेका छन् ।
पश्चिम नेपालका केही जिल्लामा भने विजया दशमीको दिन मात्र टीका थाप्ने चलन भएकाले मान्यजनको हातबाट टीका लगाउने चटारो हुन्छ । तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4