+

साफ वुमन्स च्याम्पियनसिपका लागि काठमाडौं आइपुग्यो पाकिस्तानी टिम

२०८१ असोज  २७ गते ७:३२ २०८१ असोज २७ गते ७:३२
साफ वुमन्स च्याम्पियनसिपका लागि काठमाडौं आइपुग्यो पाकिस्तानी टिम

काठमाडौं । कात्तिक १ देखि १४ गतेसम्क आयोजना हुने सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम काठमाडौं आइपुगेको छ ।

टोली गएराति आइपुगेको हो । टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सहभागी हुने/नहुने अन्योलका बीच अन्तिम समयमा पाकिस्तानले साफमा सहभागी हुन स्विकृति पाएको थियो ।

पाकिस्तानले भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप गर्न लागेको हो । यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो ।

त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए ।

साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय