+
+

‘ताण्डवम’ भ्यालेन्टाइन्स डेमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २८ गते २०:३६

काठमाडौं । लामो समयदेखि फिल्ममा रङ संयोजनको काम गर्दै आइरहेका प्राविधिक जुनिम गहतराज अब निर्देशक समेत बनेका छन् । उनको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम’ फागुन २ गतेदेखि रिलिज हुने भएको छ ।

टिजर पोस्टर सार्वजनिक गर्दै निर्माताले भ्यालेन्टाइन्स डेको छेकोमा फिल्म प्रदर्शन गर्ने जनाएका हुन् ।

पोस्टरमा एक व्यक्ति हातमा बेल्चा लिएर प्रस्तुत छन्, तर ती पात्रको अनुहार देखाइएको छैन । उनको अगाडि ट्रकको तीनवटा बत्ती बलेका छन् । पोस्टरले फिल्म सस्पेन्स-थ्रिलर कथामा बनेको संकेत गर्छ ।

निर्देशक गहतराजले फिल्मको कथाको कनेक्सन धर्मसँग रहेको जनाएका छन् । उनका अनुसार, फिल्मको छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

अनिरुद्र आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको फिल्मलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् । फिल्ममा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । यसमा हरि घले लामाको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?